बेकरी चाख्न अभिभावकलाई निम्तो

काठमाडौं– कक्षा १ मा पढ्ने बालबालिकाले बनाएको केक कस्तो होला ? कुकिज कस्तो होला ? यही जिज्ञासा लिएर अक्षरा स्कुलका अभिभावक बुधवार स्कुलमा गए । बेकरी क्याफेकै झल्को दिने गरि कुर्सी टेबल बनाइएको थियो । स्कुलको अभि थियटरमा अभिभावक छिर्ने वित्तिकै स्वागत गर्न आए । अनि कुर्सि टेबल भएको ठाउमा लगेर राखे । केही बेर बसेपछि साना बालबालिका स्टे«मा केक, कुकिज लगायत बोकेर ल्याए । कक्षा एकमा पढ्ने बालबालिकाले आफ्ना अभिभावकस“गै बसे । अनि बेकरी चाखे । अभिभावकले ‘निकै मिठो’ भएको प्रतिक्रिया दिए । बालबालिकाले वेकरी दिने, प्लेट टिप्ने, सफाइ गर्नेसम्मका काम आफैं गरे ।
बालबालिकाले अभ्यास गरेरै सिक्छन् भन्ने उदाहरण हो यो । सिकाइका धेरै तत्व मिसिएको हुन्छ । ‘यस्ता क्रियाकलाप गराउदा पहिलो कुरा बालबालिकाले सिप सिक्छन्,’ स्कुलकी प्रिन्सिपल अञ्जु भट्टराइले भनिन्, ‘सिप संगै समूहमा काम गर्न सिक्छन् । गणित सिक्छन् । भाषा सिक्छन् ।’

Comments

comments