गोल्डेन जाम्बोरीमा सांस्कृतिक रमझम


काठमाडौं– सरस्वतीनगर, चावहिल स्थीतगोल्डेन पिकहाइ स्कुलले आयोजना गरेको गोल्डेन जाम्बोरी २०७६ सम्पन्नभएको छ । बालबालिकाहरुको प्रतिभा प्रस्फुटनका लागि हरेक वर्ष फरक फरक उद्देश्यका साथविद्यालयले यस्तो कार्यक्रमको आयोजनागर्ने गरेको छ भन्ने भनाई राख्छन् विद्यालयव्यवस्थापन समितिका अध्यक्ष अर्जुन कुमार खत्री । कार्यक्रममा यस पटक भने विद्यार्थीहरुले तयार गरेका नृत्य, संगित, विभिन्नविषयमा नाटक, योगाको महत्व बुझाउनका साथ साथै योगाका पोजहरु प्रदर्शन गरेका थिए । विद्यार्थीहरुहरुले नेपालकाविभिन्न समुदायहरुको संस्कृतीझल्काउने भेषभुषा, गित र नृत्य प्रस्तुत गरेका थिए ।

तराईको थारु समुदाय, पहाडका तामाङ्ग, लामा, गुरुङ्ग, राई, लिम्बु, नेवार, हिमालका शेर्पा समुदाय देखि सुदुर पश्चिमका हुडकेलीनाच र पुर्वका प्रख्यातलोकनृत्यहरु विद्यार्थीहरुले प्रस्तुत गरेका थिए । दीगो विकास लक्ष्यको ३ र १३ नम्बर लक्ष्यमाआधारित स्वस्थ्यजीवन र स्वच्छ वातावरण राख्नु हाम्रो जिम्मेवारी शिर्षकमाविद्यार्थीहरुले नाटक प्रर्दशन गरेका थिए । मनोरञ्जन र सन्देशमुलकगीतिनाटक र नृत्य पनि प्रस्तुत गरेका थिए । नेपाल बहु भाषी, बहु संस्कृति र बहु धार्मिक देश भएको र हामी सबै मिलेर बस्नु पर्ने सन्देश दिएकाथिए । निर्मलाहत्या काण्डका बारेमा घोचिलो प्रस्तुती नृत्य मार्फत पस्केका थिए । हालचलेका हरेक प्रकारका नृत्यकाफर्महरुमाबालबालिकाहरुले प्रस्तुतीदिएकाथिए । यो वर्ष भरी उत्कृष्ट नृत्य टोली, बास्केटवल खेलाडी, फुलवल खेलाडी हस्तलेखन, चित्रकला, संगिततथागायन, उद्घोषण, कर्तव्यनिष्ठ, इमान्दार साथै जेहेन्दार विधामाविद्यार्थीहरुलाई विद्यालयकाप्रिन्सिपल छत्रमणि राई र स्वीजरल्याण्डका पिटरले पुरस्कार प्रदान गरे । विद्यालयको विद्यार्थी परिषद्को अध्यक्षतथा डाइनामिक लिडरका रुपमा सर्वज्ञा राईलाई सम्मानगरिएको थियो । उक्त दिन विद्यालयको मुख पत्रिकाविभिन्न क्षेत्रका व्यक्तित्वहरु मर्फत् विमोचन गरिएको थियो ।

Comments

comments