अक्षरा शैक्षिक प्रदर्शनीमा भीड

अक्षरा स्कुलले बुधबार शैक्षिक प्रदर्शनी गरेको छ । प्रदर्शनीमा उपत्यकाका विभिन्न स्कुलको विद्यार्थी, शिक्षकको भीड लागेको छ । कक्षा १ देखि १० सम्मका विद्यार्थीले विद्यालयको पाठ्यक्रममा आधारित भएर सिकेका ज्ञानलाई प्रदर्शनी मार्फत देखाएका हुन् । प्रदर्शनीको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरी थापाले उद्घाटन गरे ।


प्रदर्शनीमा कक्षा १ का विद्यार्थीले नेपाली, गणित र विज्ञानका खेल खेलाएका थिए । कतै अंक जोड्ने खेल अभिभावकलाई खेलाइ रहेक थिए भने कतै नेपालीका व्याकरण मिलाउने खेल खेलाइरहेका थिए । अभिभावकलाई खेल खेलाउदा निकै रमाएका थिए बालबालिका । ‘यसरी खेलाउ“दा विद्यार्थीको पनि अभ्यास हुन्छ,’ कक्षा १ कि गणित र विज्ञान शिक्षक सिर्जना श्रेष्ठले भनिन्, ‘अभिभावकले पनि पनि आफ्ना बालबालिको शैक्षिक विकास कसरी भैरहेको छ भनेर अनुभूति गर्न सक्छन् ।’
विशेष गरी हेर , गर अनि सिक भन्ने अभ्यास गर भन्ने दर्शनका साथ कक्षा कोठामा भएको पढाइलार्य बाहिर देखाउन यस्ता प्रदर्शनी प्लेटफर्म हुने भट्टराइले बताइन् । प्रदर्शनी हेर्न उपत्यकाका स्कुलका पनि सहभागिता थियो । उस्तै उमेरका विद्यार्थीले उस्तै उमेरका विद्यार्थीबाट सिक्ने वातावरण बनोस भनेर अर्का स्कुलका विद्यार्थीलाई पनि प्रदर्शर्नी बोलाएको स्कुलकी प्रिन्सिपल अञ्जु भट्टराइले बताइन् । ‘समग्र समाज राम्रो बनाउन सबै ठाउ“का बालबालिकाले राम्रो शिक्षा लिनु पर्छ,’ उनले भनिन, ‘यही मान्यताले ज्ञान आदान प्रदान गर्न उपत्यकाका नीजी र सार्वजनिक गरी सय स्कुललाई निम्ता दिएका हौं ।’

विद्यालयले विगत १० वर्षदेखि एक्काइशौं शताब्त्तदीको अति आवश्यकीय सिपहरु नेतृत्व क्षमता, सामूहिक कार्य, सहकार्य, विश्वव्यापी प्रतिष्पर्धा, प्रविधिको सदुपयोग, सिर्जनात्मक क्षमता, खोज अनुसन्धानमुलक कार्य, चूतौतीको सामना गर्ने तरिका जस्ता विषयमा केन्द्रित रहेर शिक्षा दिइरहेको विद्यालयकी प्रिन्सिपल अञ्जु भट्टराइले जानकारी दिइन् । ‘यस्तो शिक्षाको कारण बालबालिकाले अन्तराष्ट्रिय क्षेत्रमा प्रतिभा प्रस्फुटन गर्न समेत थालिसेका छन्,’ भट्टराइले भनिन्, ‘बालमैत्री वातावरणमा बालबालिकाकै सक्रियतामा गरिने विभिन्न क्रियाकलापले बालबालिकाको क्षमता वृद्धि भइरहेको हुन्छ ।’
शैक्षिक मेलाको आयोजक विद्यार्थी नै थिए । उनीहरुले समूह बनाए के कसरी शैक्षिक प्रदर्शनी गर्ने भनेर योजना समेत बनाएका थिए । उनीहरुको योजना अनुसार विद्यालयले निर्माण सामग्री उपलब्ध गराएको थियो ।

Comments

comments