टुडिखेलमा न्यौपानेको सम्पदा लडाइ


काठमाडौं– अकुपाइ टुडिखेल अभियान अन्तगर्त चौथो लेखक तथा पत्रकार दामोदर न्यौपानेको पुस्तकमा केन्द्रित रहेर शनिवार ‘सम्पदा लडाइ“ टुडिखेलमा’ आयोजना गरिएको छ । पुस्तकमा केन्द्रित भएर विज्ञ, अभियन्ता, पुस्तकको पात्र लगायतले देशका सम्पदा क्षय हुदै गएकोमा चिन्ता व्यक्त गरे । संरक्षणविद् भीम नेपालले पुस्तकको समिक्षा गर्दै सम्पदा केको लागि, किन, कसरी र कसले गर्ने भनेर चार वटा प्रश्नको उत्तर खोज्यो भने जो पनि संरक्षणविद् हुन सक्ने धारणा राखे । उनले पुस्तकमा संरक्षणको विधि, कानुनी व्यवस्था, सम्पदाको अहिलेको अवस्था लगायतमा केन्द्रित भएकाले यो पुस्तक बालबालिकादेखि सबै वर्गको लागि उपयोगी हुने बताए । ‘हाम्रो शिक्षा प्रणाली सम्पदा मैत्री छैन,’ नेपालले भने, ‘शिक्षा प्रणाली सम्पदामत्री नभएकै कारण जनप्रतिनिधी र प्रशासककले सम्पदाको मर्म बुझेका छैनन् । सम्पदाको मर्म बुझेको भए रानीपोखरीमा कंक्रित राख्ने दिएनन् । धरहरा जस्ताकोको तस्तै बनाउने थिए । काष्ठमण्डप मास्न खोज्ने थिएनन् ।’ पुस्तकका मात्र संजय अधिकारीले पुस्तकले सम्पदा संरक्षणमा लाग्नेको लागि प्रेरणा दिने बताए । ‘हामी थाकेको बेलालामा लेखकले थाक्न दिनु भएन्,’ उनले भनेृ, ‘यो पुस्तकले पनि हामीलाई सम्पदा संरक्षण गर्ने प्रेरणा दिएको छ । संरक्षण गर्ने तरिका सिकाएको छ । हामीलाई संरक्षणको लागि हुटहुटि जगाएको छ ।’

दृष्टिविहिनहरुको संस्था ब्राइट स्टार सोसाइटीका शुशील अधिकारीले युवाहरु सुतेर बसेकाले अव जाग्नु पर्ने बताए । ‘युवाको मनलाई अब जागृत गराउनुपर्छ,’ उनले भने, ‘टुडिखेल हाम्रो हो । खुला ठाउ हाम्रो हो । सम्पदा हाम्रो हो । तर यो अहिले मिचिएको छ । मासिएको छ ।’ उनले सम्पदा लडाइ“ पुस्तक अडियो पुस्तक बनाएर दृष्टिविहिनलाई सुनाउने बताए । लेखक न्यौपानले हाम्रो पुर्खाको गौरब, हाम्रो पहिचानका रुपमा रहेका सम्पदा एकपछि अर्काे गर्दै मासिएकाले यसलाई जोगाउन मान्छेलाई जागृत बनाउन आफूले पुस्तक लेखेको जानकारी दिए । ‘हाम्रो संवृद्धिको मुख्य आधार पर्यटन हो भन्छौं । सरकार पनि त्यही भन्छ,’ न्यौपानेले भने, ‘तर त्यही पर्यटकलाई देखाउने सम्पदा मासिएका छन् । प्रकृतिको विनास गरिरहेका छौं । हामी उल्टो बाटो हिंडेका छौं । उल्टो बाटो हिंड्नेको ध्यानाकर्षण गराउन पुस्तक लेखेको हु“ ।’ ‘सम्पदा लडाइ टुडिखेल’ कार्यक्रममा फोटो पत्रकार विकास रौनियार, संगितकार लक्ष्मण शेष, संचारविज्ञ रुपा जोशी लगायतले भनाइ राखेका थिए । टुडिखेललाई अतिक्रमण मुक्त गर्न चार सातादेखि अकुपाइ टुडिखेल अभियान संचालन भइरहेको छ । पहिलो साता मानवसाङलोले टुडिखेल घेर्ने, दोस्रो साता ऐतिहासिक महत्वको चौतारो व्युताउन खरिको बोट रोप्ने र साहित्यिक जमघट जस्ता कार्यक्रम संचालन भइरहेका छन् । तीन महिनाभित्रमा टुडिखेलको अतिक्रमण हटाउने अभियानको उद्देश्य रहेको संयोजक विजय श्रेष्ठले बताए ।

Comments

comments