न्यौपानेको स्कुल बेच्ने बालक यही साता

काठमाडौं– पत्रकार तथा लेखक दामोदर न्यौपानेको पाचौ पुस्तक स्कुल बेच्ने बालक साउन पहिलो सातादेखि बजारमा आउने भएको छ । न्यौपानेको बालबालिका केन्द्रित यो चौथो पुस्तक हो । बालबालिका बाहेक उनको पहिलो पुस्तक एम्बसुमा ६ वर्ष प्रकाशित छ । स्कुल बेच्ने बालकमा प्रारम्भिक बाल्यकालका बालबालिकाको मनोविज्ञानलाई अध्ययन गरेर लेखिएको शिखा बुक्सका पुष्पराज पौडेलले विज्ञप्ती मार्फत जानकारी दिएका छन् ।
न्यौपाने पछिल्लो समय बालबालिका केन्द्रित पुस्तक तिब्र रुपमा बजारमा ल्याइरहेका छन् । उनको पुस्तक कर्म सिकाइमा गहिरिएको खाडल, ट्यालेन्ट शो, स्वर्णिम समय जस्ता कृति बजारमा आइसेका छन् । उनले सात महिना अघि मात्रै स्वर्णिम समय बजारमा ल्याएका थिए ।
‘बालबालिका अपार संभावनाको खानी हुन् । ती संभावनालाई प्रस्फुटित गराउने चूनौती हरेक अभिभावक, शिक्षकको हो । विश्वव्यापीकरण र बजारमुखि व्यवस्थाले यो चूनौतीलाई सहज बनाउन सघाएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘एकातिर सहज बनाउन सघाएको छ भने अर्काेतिर शिक्षा क्षेत्रमा केही वर्ष यता देखिएको जागिर केन्द्रित शिक्षा पद्धतीले बालापन नै गुम्ने खतरा देखिएको छ । यही सन्दर्भमा लेखक न्यौपानेले लेखेको यो पुस्तकमा लालनपालन (प्यारेन्टिङ) का सुक्ष्म, मनोविश्लेषणात्मक र व्यवहारिक विषयलाई विस्तृत रुपमा छलफलमा ल्याइएको छ ।’
सामन्ती संस्कारले गाजेको हाम्रो समाजमा बालबालिकाका कुरा सुनिदैन । प्रविधिले ल्याएका लालनपालनमा देखिएका नया नया विकृतिको समाधान गर्ने उत्तम उपाय भनेको बालबालिकाकासग निरन्तर लोकतान्त्रिक संवाद नै हो । अर्थात् सुन्ने, सुनेर व्यवहार गर्ने र उनीहरुलाई सहभागी गराउने नै हो । ‘पुस्तकको मुल सन्देश यही हो । एउटा बालकको इच्छा, आंकाक्षा, दया, माया, करुणा, प्रेम, रिस, आवेग जस्ता संवेगमाथि सुक्ष्म तरिकाले उठाइएको छ यो पुस्तकमा,’ विज्ञप्तीमा भनिएको छ, ‘शिक्षा कस्तो हुने ? सिकाइ कस्तो हुनु पर्ने भनेर बहस चलिरहेको छ अहिले । यो पुस्तकको प्रकाशनले लालनपालन शिक्षाको महत्वबारे बहस चलाउने हामीले विश्वास गरेका छौं ।’

Comments

comments