रामशाहको चौतारो माथि छलफल


लघुकथाकार खेमराज पोखरेलको नवीतम् कृतिञ राम शाहको चौतारोझ र ञसीमानामा आमा झको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा लघुकथा समाजका केन्द्रीय अध्यक्ष तथा ञमधुपर्कझ सम्पादक श्रीओम श्रेष्ठ रोदनले विधागत मान्यता पाइसकेका लघुकथाको उन्नयनमा खेमराज पोखरेलको उपस्थिति प्रशंसनीय भएको र लामो खोज ( अनुसन्धान र प्रयोगबाट लघुकथाको मानक स्थिति पहिचान भएकाले यसैमा केन्द्रित हुनु पर्ने कुरामा जोड दिनुपर्ने बताउनुभएको थियोे ।
ञ मधुपर्कझका नायब कार्यकारी सम्पादक तुलसीहरि कोइरालाले गोरखापत्र संस्थानले आयोजना गरेको राष्टव्यापी लघुकथा प्रतियोगितामा पुरस्कृत भएको लघुकथा ञसीमानामा आमाझबाटै संग्रहको नाम रहेकोले आफ्नो अभियानमा यो खुसीको खबर भएको बताउनु भयो । उहाँले लघुकथाको विधागत उन्नयनमाञ मधुपर्कझ र ञसमकालीन साहित्यझ जस्तो विभिन्न पत्रिकाको महत्त्वपूर्ण योगदान रहेको बताउउँदै लघुकथाकार पोखरेललाई बधाई ज्ञापन गर्नुभएको थियो ।
प्राज्ञ मातृका पोखरेलले नेपाल प्रज्ञा प्रतिष्ठानबाट भर्खरै प्रकाशित ञसमकालीन साहित्य झलघुकथा विशेषांकमा प्रोत्साहनस्वरूप नयाँ अनुहारलाई पनि ठाउँ दिएको बताउनुभयो । उहाँले सम्पादनको निश्चित मापदण्ड भए पनि विधागत उन्नयनमा सम्पादक अलिक उद्दार हुनु पर्ने कुरामा जोड दिनु भएको थियो ।
साहित्यकार इन्द्रकुमार श्रेष्ठ सरितले सम्पादनमा गणितीय शूत्र लागू गर्नु हुँदैन । हामीले आफ्नो धरातल नबिर्सी निष्पक्ष ढंगले सहकार्य गर्दै अगाडि बढ्नु पर्ने बताउनु भयो । उहाँले समकालीन साहित्य लघुकथा विशेषांकमाथि भइरहेको केही प्रतिक्रिया न्यायिक नभएको र साहित्य जस्तो विशुद्ध यात्रामा लागेकाहरूले विवेकपूर्ण ढंगले टिकाटिपणणी गर्न आग्रह गर्नुभएको थियो ।
लघुकथामा छुट्टै पहिचान बनाएका सुमन सौरभले लघुकथाको शब्द सीमाबारे अझै विवाद गरिरहन आवश्यक छैन । अढाई सयमा राम्रोसँग लघुकथा लेख्न सकिन्छ । नराख्दा नहुने अनावश्यक शब्द राखेर लघुकथालाई भद्दा बनाइनु हुँदैन भन्दै पोखरेलका प्रायः सबै लघुकथा लघुकथा भएकोमा बधाई ज्ञापन गर्नुभएको थियोे ।
लघुकथाकार रामकुमार पण्डित क्षेत्रीले लघुकथामा उकाल , चरम र ओराल यी तीन तत्व अनिवार्य रूपमा हुनु पर्ने बताउनुभयो । उहाँले लघुकथाका पिता खलिल जिब्रानको कथामा यी तीनै तत्व भएकाले प्रभावकारी भएको र प्रा मोहनराज शर्माले पनि यिनै कुरालाई महत्त्व दिनु भएको छ । लघुकथा एउटा घटनाबाट सुरु अर्को घटनामा अन्त्य भएमा त्यो लघुकथा चोटिलो हुने कुरा पनि उहाँले बताउनुभयो ।
ञ गोरखापत्रझले आयोजना गरेको राष्ट्रव्यापी लघुकथामा प्रथम हुनु भएको लघुकथा दिव्य गिरीले लघुकथा उन्नयनमा लघुकथाकार खेमराज पोखरेलले अभिभावकीय भूमिका निर्वाह गर्दै आएको र यति चाँडै चार लघुकथा संग्रह र एक लघुकथा संग्रहको सफल सम्पादन गर्नुमा पोखरेलको अदम्य साहस र साधनाको प्रतिफल भन्नुभएको थियो ।
कार्यक्रममा ञसंसाकझमासिक प्रकाशकर प्रबन्ध सम्पादक उमेश पाण्डे , ञकान्तिपुर झदैनिकका पत्रकार दामोदर न्यौपाने,साहित्यकार कुल ढकाल , विएन प्रकाशनका कार्यकारी निर्देशक सूर्य विसी ,समाजसेवी भोगिन्द्र राई र मिसन अधिकारीले पनि लघुकथाकार पोखरेललाई बधाई दिनु भएको थियो ।
कार्यक्रममा साहित्यकार पोखरेलको ञ जीवनी र कृतित्वबारे अनुसन्धान गर्दै गर्नु हुने विद्यार्थी सुनिता खड्काको पनि उपस्थित रहेको थियोे ।
विना सभा अध्यक्ष र विना प्रमुख अतिथि भएको कार्यक्रममा लघुकथा लेखन र सम्पादनको आफ्नो अनुभव व्यक्त गर्दै आफू कथा र लघुकथा अर्थात विधामै समर्पित हुने प्रतिबद्धता व्यक्त गर्नुभएको थियोे । लघुकथकार श्रीराम राईको संयोजन तथा संचालनमा सम्पन्न उक्त कार्यक्रम भएको थियो ।

Comments

comments