खचाखच अक्षरा अभि थियटर

काठमाडौ – अक्षरा स्कुलले आयोजना गरेको अन्तराष्ट्रिय थियटर फेस्टिबलको पहिलो दिन स्कुलको अभि थियटर खचाखच थियो । विभिन्न देशका बालबालिकाको प्रस्तुती हेर्न शिक्षक, अभिभावक, संचारकर्मी लगायतको सहभागीता थियो । ५ सय भन्दा बढी क्षमता रहेको हलमा सिट पूरै भरिएर दर्शक उभिएका थिए । उभिएर दर्शकले नाटकको मनोरञ्जन लिए ।
महोत्सवको शुरुवात सांस्कृतिक झाकी बाट भएको थियो । स्कुलबाट जातीय पहिरनमा निस्किएको ¥यालीले बाजागाजा सहित नगर परिक्रममा गरेको थियो । झाकी पछि स्कुलका विद्यार्थीले सांस्कृतिक कार्यक्रम देखाएका थिए । चार दिन चल्ने फेस्टिबलको प्राडा अभि सुवेदीले उद्घाटन गरेका हुन् । अक्षरा स्कुलको अभि थियटरमा भएको फेस्टिबलको पहिलो शो नेपालको तर्फबाट अक्षरा स्कुलका विद्यार्थीले व्युटि इज अ विस्ट शिर्षकमा नाटक प्रस्तुत गरे । दोस्रो शो बंगलादेशका बालबालिकाले फ्लोर अफ द सोल नाटक प्रस्तुत गरे । त्यहाको अनिसन विक्रोमपुर थियटरका बालबालिकाले नाटक प्रस्तुत गरेका थिए ।


थियटरको उद्घाटन गर्दै प्राध्यापक सुवेदीले शैक्षिक प्रणालीमा उर्जा थप्ने हो भने नाटक संस्कृति विकास गर्नु पर्ने बताए । नठगी शिक्षा दिने हो भने थियटर कल्चर हुनै पर्छ, सुवेदीले भने, बालबालिकामा मानवता सिकाउन थियटर चाहिन्छ । तर यहा भाषण गर्ने थियटर छन् । गाली गर्ने थियटर छन् । तर शिक्षाको लागि थियटर छैनन् । बालबालिकाको लागि थियटर छैनन् । बालबालिकाको लागि थियटरको कन्सेप्ट ल्याएर स्कुलले उदाहरणीय काम गरेको छ ।
स्कुलकी प्रिन्सिपल अन्जु भट्टराइले क्रस कल्चर एक्स्चेन्चको अवधारणा अनुसार यो महोत्सव आयोजना गरेको जानकारी दिइन् । स्कुलको मिसन भनेकै ग्लोबल सिसिटजन तयार गर्नै हो, उनले भनिन्, ह्युमनलाई वृहत रुपबाट जोड्न सकियोस् भनेर यो कार्यक्रम गरिएको हो । रंगमञ्चलाई शिक्षासंग जोडियो भने सिर्जनात्मक सिकाइको अभ्यास हुन सक्छ । अन्तराष्टिय स्तरको महोत्सवले अनुभव साटा साट हुन्छ । बालबालिकाको मनोवल बढ्छ ।
महोत्सवको परिकल्पना, निर्देशन रंगकर्मी टंक चौंलागाइले गरेका हुन् । यस्ता महोत्सवले अरु देशको नाटक संस्कृति नियाल्न सहयोग पुग्ने चौलागाइले बताए । महोत्सवमा बंगलादेश, भारत, पाकिस्तान, डेनमार्क, जर्मनी, रसिया, इन्डोनेशिया, श्रीलंका, स्विजरल्याण्ड गरी दश देशको सहभागीता छ । महोत्सव शुरु बालबालिका, अभिभावक लगायतले काडाघारी क्षेत्रमा झाकी सहित नगर परिक्रममा गरेका थिए । झाकीमा आ आफ्नो देशको भेषभूसा प्रदर्शन गरिएको थियो । परम्परागत बाजागाजा सहित नगर परिक्रममा गरिएको थियो ।

Comments

comments