चितवन रामपुरको कृषि तथा वनविज्ञान विश्वविद्यालयको गतिविधि

१२ वैशाख -चितवन रामपुरको कृषि तथा वनविज्ञान विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा ३१२ जना विद्यार्थी दीक्षित हुने भएकाे छविश्वविद्यालयले बुधबार भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारि दिनुभएकाे हाे।
विश्वविद्यालयबाट एमएससीएजीका पास आउट भएका दुई सेमेष्टरबाट १३१, एमएससीबायोटेक्नोलोजीबाट २, एमएससी भेटेरीनरी साइन्सबाट २७, एमएससी एनिमल साइन्सबाट ९, एमएससी फिसरिजबाट ९, एमएससी फरेष्टीबाट १० र पिएचडी १ जना दीक्षित हुँदैछन् । अाएका स्नातक तहमा बीएससी एजीबाट ९४ ,बीएससी फरेष्टिबाट २९ जना विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुने विश्वविद्यालयका उपकुलपति प्रा.डा. इश्वरीप्रसाद ढकालले जानकारी दिनुभयाे। विश्वविद्यालय शुरु भए देखि एक जनाले पिएचडी गरेका हुन ,भने एमएससी तहमा कृषि र भेटरीनरी संकायबाट २/२ ब्याच र वन संकायबाट एक ब्याच एवम् स्नातकमा कृषिबाट एक र बन संकायबाट एक ब्याच पास आउट भएका हुन ।
भेटरीनरी र फिसरिज स्नातक तहबाट भने विद्यार्थी पास आउट हुन बाँकी नै छ । प्रथम दीक्षान्त समारोहको अध्यक्षता विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गरनुहुनेछ ।
प्रमुख अतिथिका रुपमा चौधरीचरण सिंह हरियाणा कृषि विश्वविद्यालय, भारतका उपकुलपति प्रा.डा. के.पी. सिंह आउने विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा मनराज कोलाक्षपतिले बताए।दीक्षान्त समारोहमा स्नातक तह र स्नातकोत्तर तहको परीक्षामा तीनवटै संकायबाट उत्कृष्ट अंक ल्याई विश्वविद्यालय सर्वप्रथम हुने एक/एक जनालाई कुलपति पदक एवम् स्नातक, स्नातकोत्तर तहका परीक्षाहरूमा संकाय प्रथम हुने ७ जनालाई उपकुलपति पदक प्रदान गरिने अायाेजकले बताए ।
विश्वविद्यालय अन्तर्गत रामपुर र अन्य ४ वटा आंगिक क्याम्पसमा गरी तीन वटै संकायमा २,र२०७ जना विद्यार्थी पढदै छन् ।
स्नातक तहमा १७५५, स्नातकोत्तरमा ३७६ र विद्यावारिधिमा ७६ जना विद्यार्थी अध्ययनरत छन् ।
हालैका वर्ष देखि धनकुटाको पाखि्रबास, सिन्धुलीको कपिलाकोट र कैलालीको टीकापुरमा आंगिक क्याम्पस सञ्चालन गरिएको हाे । यसअघि नै कास्कीको पुरनचौरमा आंशिक क्याम्पस सञ्चालनमा आइसकेको थियो । सबै आंगिक क्याम्पसमा बिएससी एजीका कक्षाहरु चलिरहेका छन् ।यसरि दिक्षानत समाराेह गदा बिधाथिहरुकाे अझ मनाेबल बढने अायाेजककाे भनाई रहेकाे छ।

Comments

comments