निशुल्क क्यान्सर परिक्षण

चितवन, वैशाख ९ । नेपाल अबुर्द रोग निवारण संस्था चितवन र भक्तपुर क्यान्सर अस्पताल को संयुक्त आयोजनामा निशुल्क क्यान्सर परिक्षण शिविरमा २ सय ८४ जना महिला लाभान्वित भएका छन् ।
भरतपुर महानगरपालिका वडा नंं ११ को गणेशस्थान मन्दिर परिसरमा भएको शिविरमा स्थानिय महिलाहरुले पाठेघर सम्बन्धि क्यान्सर रोग परिक्षण टेस्ट गरेका हुन् ।
उनिहरुको रिपोर्ट आउन बांकी रहेको आयोजक नेपाल अबुर्द रोग निवारण संस्था चितवनका अध्यक्ष दिनेश कुमार चुकेले जानकारी दिए । त्यस्तै २ सय १० जनाले साधारण स्वास्थ्य परिक्षण गराएका चुकेले वताए ।
नेपाललाइ सुर्ति रहित बनाउन नेपाल अर्बुद रोग निवारण भन्दै चुकेले सुर्तिजन्य पदार्थमा उच्च कर लगाएर सुर्तिजन्य पदार्थको सेवन गर्नेलाइ निरुत्साहित पार्नुपर्ने वताएका छन् ।
प्रदेश नं. ३ का सांसद विजय सुवेदीले यस प्रदेशलाइ सुर्तिमुक्त प्रदेश बनाउन पहल गरिने वताएका छन् ।
कार्यक्रमलाइ हंस बहुदेशीय सहकारी संस्था, गणेशस्थान मन्दिर संरक्षण तथा सम्बर्धन समिति र परिबर्तन समाज नेपालले समन्वय गरेका थिए । कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष बाबुराम अधिकारी, हंस बहुदेशीय सहकारी संस्थाको सञ्चालक समिति सदस्य तथा शिक्षा उपसमिति संयोजक शारदा शर्मा पौडेल, महिला अधिकारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

Comments

comments