तराईका २२ जिल्लामा पानीको समस्या

चितवन, ९ वैशाख । सुबाेध नेपाल, खानेपानीमन्त्री बिना मगरले स्वच्छ खानेपानीको पहुँचका लागि दीर्घकालीन र अल्पकालीन योजना बनाएर काम गनुपने बताईन् ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको अनुगमनपछि उहाँले अहिलेसम्म राष्ट्रिय गौरवका योजना धेरै नहुँदा समस्या आएको जानकारि दिइन् ।
तराईका २२ जिल्लामा पानीको समस्या समाधानगनुपने दीर्घकालीन योजना बनाउन आवश्यक भएको बताउँदै मन्त्री मगरले अहिले केन्द्रीय सरकार र प्रदेश सरकारबीच जिम्मेवारी बाँडफाँट नहुँदा काम गदा समस्या आउने गरेको बताउनु भाे ।

नारायणी नदीको पानी व्यवस्थापन गरेर स्वच्छ पिउने पानीको व्यवस्थापन गर्ने तयारी भइरहेको छ भन्दै उहाँले अहिले हरेक जिल्लामा रहेका खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको अनुगमन गर्ने क्रममा रहेको र अनुगमनपछि कार्ययोजना बनाएर अघि बढ्ने बताईन् ।

चितवनमा केही वर्षपछि पानीको समस्या हुने भएकाले यसका लागि कर्मचारीहरुलाई दीर्घकालीन साेच लिई ,फोहर प्रशोधन गर्दै समाजलाई सफा राख्नका लागि पहल गदै उहाँले कर्मचारीलाई निर्देशन दिनुभयो ।
मन्त्री मगरले आजै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कञ्चनपुर जिल्लाबाट उपचार गराउन आएका १४ बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो । भावि याेजना बिना काम गदा सफलता नहुने भएकाेले साे क्षेत्रहरुकाे बारेमा अाफु लागि परेकाे बताईन् ।

Comments

comments