मुवाँथाई प्रतियोगितामा चार स्वर्ण सहित नेपाल 


डिलकुमारी नेपाल…………..

चितवन, माघ २९ –

भरतपुरमा सम्पन्न भएको तेस्रो ईन्डोनेपाल मुवाँथाई प्रतियोगितामा चार स्वर्ण पदक सहित नेपाल पहिलो भएको छ । सोमबार भएको फाइलन खेलमा ईन्डोनेपाल मुवाँथाइ अन्तर्गत पाँच वटा प्रतिस्पर्धा भएकोमा भारतले एउटा स्वर्ण पदकमा चित्त बुझाएको छ । नेपालको तर्फबाट ८१ किलो तौल समूहमा सन्देश मानन्धर, ७० किलो तौल समूहमा सचिन्द्र मानन्धर ५६ किलो तौलमा राहुल ठकर लामा र ६० किलो तौलमा गुणराज रुचालले स्वर्ण पदक जितेका छन् । ५० किलो तौल समूहमा भएको खेलमा भने भारतका एस आर भसान्तले स्वर्ण पदक जितेका छन् । प्रतियोगितामा नेपाल र भारतका १० जना खेलाडीहरु सहभागी भएका थिए । नेपालका तर्फबाट स्वर्ण पदक जित्ने चार जनै खेलाडी नेपाल आर्मीका भएका नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कोलाक्षपतीले जानकारी दिए । ५६ किलो तौल समूहमा स्वर्ण पदक जितेका राहुल ठकर लामा यस अगाडि कम्बोडियामा सम्पन्न अन्तर्राष्ट्रिय मुवाँथाई प्रतियोगिताको समेत स्वर्णपदक विजेता खेलाडी भएको कोलाक्षपतीले जानकारी दिए ।तौल समूहको आधारमा खेलाइएको तेकवान्दो प्रतियोगितामा पुरुषको १९ वटा तौल समूहमा र महिलाहरुको १३ वटा तौल समूहमा प्रतिस्पर्धा गराइएको श्रेष्ठको भनाइ छ त्यस्तै, चौथो राष्ट्रिय मुवाँथाई प्रतियोगितामा चार वटा स्वर्ण पदक जित्दै काठमाडौँ पहिलो भएको छ । सोमबार भएको फाइनल खेलमा चितवनले एउटा मात्रै स्वर्ण पदक प्राप्त गरेको छ भने अन्य जिल्लाहरु पदक विहिन बनेका छन् । काठमाडौँले पुरुषतर्फ तीन वटा स्वर्ण र महिला तर्फ एउटा स्वर्ण पदक हात पारेको हो । ५५ किलो तौल समूहमा काठमाडौँका सत्यसिंह सुनार, ६० किलो तर्फ काठमाडौँका सन्तोष मगर र ६५ किलो तौलमा काठमाडौँकै सलाम लोप्चाले स्वर्णपदक प्राप्त गरेका छन् । उक्त प्रतियोगितामा ७५ किलो तौल समूहमा भने चितवनका दिवसलाल भूमीले स्वर्ण पदक जितेका हुन् । त्यस्तै, महिला तर्फ काठमाडौँकी दिव्या गुरुङले स्वर्ण पदक जितेकी थिइन् । चौथो राष्ट्रिय मुवाँथाई प्रतियोगितामा ३६ जना खेलाडी सहभागी भएकामा चार जना महिला खेलाडीले समेत प्रतिस्पर्धा गरेका थिए ।

भरतपुरको चितवनमा सम्पन्न भएको चौथो राष्ट्रिय मुवाँथाई तथा वृहत तेकवान्दो प्रतिगिता अन्तर्गत भएको तेकवान्दो तर्फ १४ वटा स्वर्ण पदक सहित भरतपुरको एके फोर्टीसेभेन तेकवान्दो डोजाङ पहिलो भएको छ । प्रतियोगितामा १० वटा स्वर्ण पदक सहित गैंडाकोट तेकवान्दो डोजाङ दोस्रो तथा ६ वटा स्वर्ण सहित भोजाडको बुद्ध तेकवान्दो डोजाङ तेस्रो भएका छन् । उक्त प्रतियोगितामा पुरुष तर्फ अरुणखोला तेकवान्दो डोजाङका दुर्गा बहादुर दर्लामी मगर उत्कृष्ट खेलाडी भए भने महिला तर्फ माडी तेकवान्दो डोजाङकी प्रेरणा भुषाल उत्कृष्ट खेलाडी घोषित भइन् । उत्कृष्ट खेलाडी र पहिलो, दोस्रो तथा तेस्रो हुने डोजाङलाई ट्रफी प्रदान गरिएको छ । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले मेडल तथा प्रमाणपत्र पाएका छन् । तेकवान्दो प्रतियोगितामा चितवन र नवलपरासीका विभिन्न ३० वटा डोजाङबाट करिब साढे दुई सय खेलाडीको सहभागिता रहेको राष्ट्रिय तेकवान्दो संघ चितवनका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिए । थियो ।

Comments

comments